मतगणना जारी तीन सहमहामन्त्रीमा देउवा प्यानलकै अग्रता « Khabarhub

मतगणना जारी तीन सहमहामन्त्रीमा देउवा प्यानलकै अग्रता


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको सहमहामन्त्रीको मतणना विहीबार जारी छ । ८ सहमहामन्त्रीमध्ये अहिले पार्टी कार्यालय सानेपामा तीन सहमहामन्त्रीको मतगाण्ना जारी छ ।

दलित सहमहामन्त्रीको १७८० मतगणना हुँदा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार मानबहादुर विश्वकर्माल झिनो अग्रता बनाएका छन् । उनले ८३९ मत पाएका छन् भने डा. शेखर कोइराला प्यानलका उम्मेदवार जीवन परियारले ८३१ मत पाएका छन् ।

महिला सहमहामन्त्रीको १५०४ मतगणना हुँदा देउवा प्यानकै उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन् । उनले ८०३ मत पाउँदा कोइराला समूहकी उम्मेदवार कमला पन्तले ६८३ मत पाएकी छन् ।

यस्तै आदिवासी सहमहामन्त्रीको ८९९ मतगणना हुँदा देउवा प्यालकै भीष्मराज आङ्दाम्बेले ५१८ मतसहित अग्रता लिएका छन् । कोइराला समूहका विकास लामाले ३५७ मत पाएका छन् ।

अन्य पाँच सहमहामन्त्रीको मतणना भने सुरु भएको छैन । पदाधिकारीको गणना सकिएपछि केन्द्रीय सदस्यको गणना सुरु हुनेछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : ३२ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम