बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा विहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सिताराम पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : ३५ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६