विदेश जाने श्रमिकलाई खोप उपलब्ध गराउन श्रममन्त्रीको आग्रह « Khabarhub

विदेश जाने श्रमिकलाई खोप उपलब्ध गराउन श्रममन्त्रीको आग्रह


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौँस्थित अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन्।

आईएओएम प्रमुखसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा वैदेशिक रोजगारीबाट नेपाल फर्केका नेपालीले सिकेको सीपको सदुपयोग र पुँजी परिचालनका लागि मन्त्रायलले गरेका प्रयासबारे जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि आईओएम नेपालले गरेको योगदानको सराहना गरे।

सुरक्षित आप्रवासन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले सुरक्षित एवं मर्यादित काम पाउने, शोषणलगायत अवाञ्छित गतिविधि हुन नदिनेलगायत विषयमा रणनीतिक अवधारणा बनाएर मन्त्रालय र आईओएमबीच साझेदारी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम उपयोग गर्ने सरकारको नीति रहेको बताएका थिए । आईओएम प्रमुख ल्याण्डोले पनि विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा सहजकर्ताको भूमिका निर्वाह गर्न, नीतिगत एवं प्राविधिक पक्षमा सुझाव दिन सङ्गठन तत्पर रहेको बताएका छन्।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १० : २० बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका