झुक्किएर पनि यी काम गर्दा निर्वस्त्र नहुनोस् « Khabarhub

झुक्किएर पनि यी काम गर्दा निर्वस्त्र नहुनोस्


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विष्णु पुराणमा मानिसको कल्याणका लागि निर्वस्त्र भएर गर्न नहुने कामको बारेमा बताइएको छ ।

हिन्दू धर्मग्रन्थमा यस्ता धेरै नियम बनाइएका छन् । तर आज हामी तपाईलाई निर्वस्त्र भएर गर्नै नहुने ४ कामको बारेमा जानकारी दिदैछौँ-

स्नान गर्दाः विष्णु पुराणका अनुसार कहिल्यै पनि निर्वस्त्र भएर स्नान गर्नु हुँदैन । स्नान गरेको समयमा एउटा केही न केही कपडा अवश्य लगाउनु पर्दछ । भगवान श्रीकृष्णले पनि आफ्ना गोपीहरूलाई त्यहि सल्लाह दिएका थिए । विष्णु पुराणका अनुसार निर्वस्त्र स्नान गर्नु भनेको भगवानको अपमान गर्नु बराबर हो ।

सुत्दाः विष्णु पुराणका अनुसार निर्वस्त्र भएर कहिल्यै सुत्नु हुँदैन । यस्तो गर्दा चन्द्र देव रिसाउँछन् भन्ने मान्यता रहेको छ । साथै पितृगण रातिको समयमा आफ्ना नातेदारलाई हेर्न आउँछन् । यस्तो अवस्था देखेपछि पितृको आत्मा अत्याधिक दुख्छ । त्यस्तो अवस्थाले पितृले आशिर्वाद नदिइकनै फर्किन्छन् । साथै रातमा नाङ्गो भएर सुत्दा नकारात्मक शक्ति पनि हाबी हुन सक्छ ।

आचमन गर्दाः हामी आचमन गर्ने बेलामा कहिल्य निर्वस्त्र भएर गर्नु हुँदैन । यस्तो गर्नु विधि विरुद्ध हुने गर्दछ । आचमनको बेला आन्तरिक शुद्धि हुन्छ । शुद्ध मनले गरिएको पूजालाई नै शुभ मानिएको छ । तर निर्वस्त्र भएर आचमन गर्दा मन अशुद्धि हुन्छ । त्यसैले निर्वस्त्र भएर आचमन गर्नु हुँदैन ।

पूजामा बस्दाः धेरै जसो मानिसहरु विहान निर्वस्त्र भएर नै पूजा गर्न बस्दछन् । किनभने उनीहरु सोच्छन्, कपडा अशुद्ध हुन्छन् । तर निर्वस्त्र भएर पूजा गरेको फल कहिल्यै मिल्दैन । बरु पापको भागिदार बनाउँछ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ५७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको