मुसेभेनी फेरि बने युगान्डाको राष्ट्रपति « Khabarhub

मुसेभेनी फेरि बने युगान्डाको राष्ट्रपति


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् ।

युगाण्डाको निर्वाचन आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेका छन् ।

नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान् राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका छन् ।

राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जितले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ५० बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई