नेता पाण्डेले भने– संसद् पुनर्स्थापना गर्न आन्दोलन सशक्त बनाउनुपर्छ « Khabarhub

नेता पाण्डेले भने– संसद् पुनर्स्थापना गर्न आन्दोलन सशक्त बनाउनुपर्छ


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपाको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुनर्स्थापना गर्न दबाबका लागि आन्दोलन सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सबैले आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा आइतबार मोरङमा दाहाल-नेपाल समूहका नेता, कार्यकर्तासँगको भेटघाटमा पाण्डेले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबैलाई एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समेत प्रतिनिधिसभा विघटन गर्न मिल्दैन । त्यसैले सर्वोच्च अदालतको निर्णय पुनर्स्थापना नै हुन्छ तर त्यसका लागि दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको अवस्थामा राजनीतिक अस्थिरताले द्वन्द्व निम्तिनुका साथै मुलुक अँध्यारो सुरुङमा फस्ने पाण्डेको भनाइ थियो ।

दिनरात नभनी आन्दोलनमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए । उनले माघ ९ गतेको काठमाडौंको र माघ १६ गतेको विराटनगरमा हुने विरोधसभामा १/१ लाखभन्दा बढी मानिसको उपस्थिति गराउनतिर लाग्न पनि निर्देशन दिएका छन् ।

अब आन्दोलनमा प्रमुख शत्रुमाथि प्रहार गर्नका लागि बाँकीलाई समेटर अघि बढ्नुपर्ने भन्दै पाण्डेले जनता समाजवादी पार्टी, कांग्रेसलगायतका दलसँग सहकार्य गरेर आन्दोलनलाई सशक्त बनाउन लागि परेको बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : २० बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको