बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको 'व' पनि उच्चारण गर्न मिल्दैन– भीमार्जुन आचार्य | Khabarhub Khabarhub

बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको ‘व’ पनि उच्चारण गर्न मिल्दैन– भीमार्जुन आचार्य


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् डा‍. भीमार्जुन आचार्यले राजनीतिक प्रश्नको आवरणमा संविधान मिच्ने काम भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आइतबारको बहसमा आचार्यले बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको ‘व’ पनि उच्चारण गर्न नमिल्ने बताएका छन्।

उनले भने, ‘बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको व पनि उच्चारण गर्न पाउँदैनन् । संविधानविपरीत संसद् विघटन गरेपछि त्यसलाई राजनीतिक प्रश्नको आवरणमा छोप्ने प्रयास भैरहेको छ । २०५२ सालमा नयाँ निर्वाचन गर्न आर्थिक भार हुने भन्दै अदालतले संसद् पुनस्थापना गरिदिएको थियो ।’

आचार्यले बहसका क्रममा भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीबाहेक आफ्नो अन्य स्वार्थ छैन भनेका छन्, तर संविधानविपरीत कदम चालेपछि जनता कसरी सुखी हुन्छन् ?’

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवारदेखि अन्तिम सुनुवाइ सुरू भएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ५० बजे

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सुरू

सेभिया– संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन

गर्भपतन अधिकारको विषयले जन्माएको प्रश्न– जीवित शिशु मार्ने लाइसेन्स दिन मिल्छ ?

महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रत्याभूत गराउन भन्दै सरकारले ल्याएको सुरक्षित

युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाहरूले देशभित्रै

‘अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसद्को कामकारबाही प्रभावित भयो’

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण

कांग्रेस बैठक : सरकारको समीक्षासहित यी १३ विषयमा हुँदैछ छलफल

काठमाडौं– प्रमुख सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरू