देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन, बरु मर्न तयार झुक्दैनौँ : प्रचण्ड (भिडियोसहित) « Khabarhub

देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन, बरु मर्न तयार झुक्दैनौँ : प्रचण्ड (भिडियोसहित)

हामी हाँसी मजाक गर्ने मुडका छैनौँ, चिन्तित छौँ


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाले आफूसँग नजिक रहेका भ्रातृ स‌ंगठन र कार्यकर्तासँग भेटवार्ता र समूहगत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।

यही क्रममा दुवै समूहले एकले अर्कोको आलोचना गर्दै आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् । विभिन्न स्थानमा हुने कार्यक्रम पनि दुई समूहले आफू इत्तरको समूहका नेतालाई गाली गर्ने र कमिकमजोरी देखाउनेमै कार्यक्रम केन्द्रित भइरहेका छन् ।

यस्ता सतही आलोचना र गालीगलौजले क्षणिक आनन्द हुने भएपनि देश विकासको आश्वासन लिएर जनप्रतिनिधि बनेका नेताले जिम्मेवारी झुलेको आरोप जनताले नै गर्न थालेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि दुईबीचको सवालजवाफमै कार्यक्रम बिताउने गरेका छन् । यसैबीच प्रचण्डले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छन्। प्रधानमन्त्री ओलीले शनिबार जनताको ओठमा हाँसो देख्दा प्रचण्डलाई दुःखेको बताएका थिए।

हेरौँ भिडियो

‘उहाँहरूले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ। उहाँहरूलाई त्यही चिन्ता भएको हो। म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु’ उनले भनेका थिए, ‘म हसाउँदै हिँड्छु। तर, मान्छे मार्दै हिँड्न सक्दिनँ।’

‘मान्छे मारेर, कुटेर लुटेर, जनतालाई रुवाएको आरोप लगाएका थिए। मैले मान्छे हासे भनेर जोकर नै रहेछ भनेछन्। जनता हासेको देखेर किन पीर परेको होला?’ उनले भनेका थिए। तर, आइतबार त्यसको जवाफ फर्काउँदै प्रचण्डले आफ्नो अभिभावक मरेको र देश अशान्त भएको बेलामा खुसी मनाउन नसक्ने बताएका छन्।

‘हामी हाँसीमजाक गर्ने मुडका छैनौँ। चिन्तित छौँ। परिवारको अभिभावनको मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ उनले भने, ‘परिवारमा बाआमा बरेको बेलाको बेलामा कसैले खुसी मनाउँदैन।’

उनले यो सामान्य परिस्थिति नभएको बताउँदै अब गर्जिनुपर्ने बेला आएको बताए ।

‘तपाइँहरु जुझारु र आक्रमक ढंगले जाने कार्यक्रमहरु बनाउनुस्, हामी अन्तिम अवस्थासम्म पनि नेतृत्व गर्न तयार छौँ, देशलाई अध्याँरो भड्खालोमा हालेको हेर्न सकिँदैन’, उनले भने ‘हिजो पनि मर्न हिँडेको हो जरुरी पर्छ भने मर्न तयार तर झुक्न चाहि तयार छैनौँ ।’

ओलीले संविधानमा प्रहार गर्नु भनेको उल्टो खोपडी रहेको रहेको दाबी गरे। ओलीको चरित्र जोकरले देखाउने चरित्र मात्रै रहेको जिकिर गरे।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ५९ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी