दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन « Khabarhub

दिपेशलाई हराउँदै प्रिन्स बने च्याम्पियन


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिन्स दाहालले १० औँ पुष्पलाल स्मृति ब्याडमिन्टन र्‍यङकिङ प्रतियोगिताको उपाधि हात पारेका छन्।

उनले आइतबार भएको फाइनलमा नेपालका पूर्व च्याम्पियन पुलिस क्लबका दिपश धामीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्।

प्रिन्सले दिपेशलाई पहिलो सेटमा २१-१८ र दोस्रो सेटमा २१-१३ मा रोकेका हुन्।

यसअघि सेमिफाइनलमा रत्नजित तामाङलाई पराजित गर्दै फाइनल प्रवेश गरेका प्रिन्सको यो अहिलेसम्मकै ठूलो सफलता हो। उनी पहिलोपटक नेपाल च्याम्पियन बनेका छन्।

यस्तै महिलातर्फ जेसिका गुरुङले महिला सिंगल्सको उपाधि हात पारेकी छन्। पुरुष एकल र महिला एकलका विजेताले समान २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ५७ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले