प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको अध्यक्ष नेपालको आरोप « Khabarhub

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको अध्यक्ष नेपालको आरोप


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् ।

बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए ।

नेपालमा पटक-पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।

भेलामा उनले केपी शर्मा ओलीको सबै षड्यन्त्र चकनाचुर पारेरै छोड्ने दावी गरे । उनले प्रधानमन्त्री ओली सनकमा चलेको र देशले दुख पाइरहेको टिप्पणी गर्दै पार्टीमा प्रश्न उठाउँदा, पार्टी र संसदमा प्रश्न उठाउँदा संसद नै भंग गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओली कहिल्यै पनि एमाले नभएको केवल मदन भण्डारी फाउण्डेशनको नेता मात्रै भएको उनले टिप्पणी गरेका थिए ।

नेकपा बर्दियाका अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा जिल्लास्तरीय सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश पार्टी इञ्चार्ज युवराज ज्ञवाली, पार्टी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष ओनसरी घर्तीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ०९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन