चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श « Khabarhub

चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो ।

आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रमका बारेमा जानकारी गराइ उनीहरुको राय परामर्श समेत लिएको जानकारी दिएको छ ।

आयोगले राजनीतिक दलसँग चुनावको कार्यक्रममा सहभागी भइदिन तथा आमनागरिकलाई सहभागी हुनका लागि राजनीतिक दलका तर्फबाट सबैलाई सुसूचित गराउन तथा चुनाव सम्पन्न गर्नका लागि सहयोग समन्वय र सहजीकरण गरिदन अनुरोध गरेको हो ।

आयोगले माघ १५ गते सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने समेन जानकारी दिएको छ ।

मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको हो । सोही समयमा नामावली सच्याउन सकिने आयोगले जनाएको छ । यस्तै मतदान केन्द्र र तयारी बारेमा छलफल भएको थियो ।

छलफलमा सहभागी नेकपा प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटी सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको जानकारी दिए ।

त्यस्तै उनले संसद विघटनको विषय सर्वोच्चमा रहको अवस्थामा चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए ।

त्यस्तै कांग्रेस नेता आनन्द ढुङ्गानाले मतदान केन्द्रमा केन्द्रीत रहेको आयोगले सुझाव मागेको जानकारी दिए । उनले आयोगले निर्वाचनको तयारीको काम सहज रुपमा गर्न पाउनुपर्ने आफूहरुको धारणा रहेको बताए ।

छलफलपछि आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको तयारीका बारेमा जानकारी गराई राय सुझाव लिने काम गरेको बताए ।

सरकारले संसद विघटन गरी आउँदो वैशाख १७ र १७ गते चुनावको घोषणा गरेको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ४१ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा