चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका प्रमुखसहित दुई जनाविरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा चलाएको छ।

आयोगले नगरप्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा करारमा कार्यरत मोहन साहको सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाएको छ।

उक्त प्रकरणमा परेको उजुरीका आधारमा गरिएको अनुसन्धानमा शाहले २०८० साउन ८ गते वादीको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ।

उक्त रकम दिएपछि मात्रै उनको करार म्याद थप भएको पुष्टि भएको छ। त्यसपछि पुनः नवीकरणका लागि रकम माग्दा उपलब्ध गराउन नसकेपछि सेवाबाट हटाइएको आरोप साहले लगाएका थिए ।

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै वादीलाई एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा घुस रकम जफत गर्न मागदाबी गरेको छ।

यसका साथै, सार्वजनिक पदमा रहेको व्यक्तिले भ्रष्टाचार गरेको भन्दै थप सजायको माग पनि अख्तियारले गरेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।

त्यस्तै, घुस दिएका साहविरुद्ध पनि त्यही ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। आयोगले घुस दिएको रकम बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफत गर्न माग गरेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : १४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष