चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका प्रमुखसहित दुई जनाविरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा चलाएको छ।

आयोगले नगरप्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा करारमा कार्यरत मोहन साहको सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाएको छ।

उक्त प्रकरणमा परेको उजुरीका आधारमा गरिएको अनुसन्धानमा शाहले २०८० साउन ८ गते वादीको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ।

उक्त रकम दिएपछि मात्रै उनको करार म्याद थप भएको पुष्टि भएको छ। त्यसपछि पुनः नवीकरणका लागि रकम माग्दा उपलब्ध गराउन नसकेपछि सेवाबाट हटाइएको आरोप साहले लगाएका थिए ।

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै वादीलाई एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा घुस रकम जफत गर्न मागदाबी गरेको छ।

यसका साथै, सार्वजनिक पदमा रहेको व्यक्तिले भ्रष्टाचार गरेको भन्दै थप सजायको माग पनि अख्तियारले गरेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।

त्यस्तै, घुस दिएका साहविरुद्ध पनि त्यही ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। आयोगले घुस दिएको रकम बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफत गर्न माग गरेको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : १४ बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका