जाडोका नाममा तपाँईबाट हुनसक्छ यी ५ गल्ती | Khabarhub Khabarhub

जाडोका नाममा तपाँईबाट हुनसक्छ यी ५ गल्ती


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा अधिकांश मानिसहरु अल्छी बन्दछन् । जसका कारण कतिपय अवस्थामा जानाजान विभिन्न स्वास्थ्य समस्या निम्तने गर्दछ ।

यो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो लगायतका समस्या र अन्य प्रभाव देखिनु सामान्य हो । तर केही रोग भने हाम्रो गल्तीका कारणले निम्तिने गर्दछन् । के हुन् त ती गल्ती ?

१. कम मात्रामा पानी पिउनु
गर्मी मौसमको तुलनामा जाडोमा कम तिर्खा लाग्दछ । तर, जाडोमा पनि हाम्रो शरीरमा गर्मीमा झै उही मात्रामा पानीको आवश्यकता पर्दछ । यस्तोमा जाडोमा समेत दैनिक दुई लिटरभन्दा बढि पानी पिउन आवश्यक हुन्छ । अन्यथा डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्नेलगायत समस्या उत्पन्न हुन्छ ।

२. बढी मात्रामा लुगा लगाउनु
जाडो मौसममा न्यानो हुने नाममा मानिसहरु अनेकथरी मोटा ज्योकट, स्वेटर र अन्य बाक्ला लुगा लगाउँने गर्दछन् । तर, धेरै लुगा लगाउनु जाडोबाट बच्ने प्रभावकारी उपाय भने होइन । बरु उल्टै मोटो लुगाका कारण गर्मी भई पसिना आउन सक्छ र यसले शरीरलाई झन् चिसो बनाउँछ । तसर्थ ठिक्क न्यानो हुने भन्दा बढि लुगा लगाउनु हुदैन ।

३. पञ्जा र मोजाको बढि प्रयोग
जाडोबाट बच्न हातमा पञ्जा र खुट्टामा मोजा लगाउनु पक्कै नराम्रो होइन । तर, जाडोबाट बच्न यसरी पञ्जा र मोजा लगाउँदा मौसमसँग अभ्यस्त हुन हात र खुट्टाले पाउदैन । तसर्थ जाडोमा मोजा वा पञ्जा लगाएर सुत्नु हुदैन । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ ।

४. बढि खाना खाने
जाडो मौसममा खानामा रुची हुन्छ । यस्तोमा मानिसहरु बढि मात्रामा खाना खाने गर्दछन् । केहि मानिसहरु जाडोबाट बच्न मीठो, बढी चिल्लोयुक्त, प्रोटिनयुक्त र जंक फुड खाने गर्दछन् । यस्तोमा बढि खाना र कम शारीरिक गतिविधिका कारणले शरीरमा मोटोपना र अल्छिपना बढ्दछ ।

५. बढी मात्रामा सुत्ने
जाडोयाममा मानिसलाई अन्य मौसमको भन्दा बढि निन्द्रा पर्ने गर्दछ । चिसोका कारण स्वभावतः यो मौसममा बढि निन्द्रा आउने गर्दछ । तर बढि मात्रामा सुत्नाले शरीरमा बिभिन्न समस्याहरु देखा पर्ने हुन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला