जाडोका नाममा तपाँईबाट हुनसक्छ यी ५ गल्ती « Khabarhub

जाडोका नाममा तपाँईबाट हुनसक्छ यी ५ गल्ती


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा अधिकांश मानिसहरु अल्छी बन्दछन् । जसका कारण कतिपय अवस्थामा जानाजान विभिन्न स्वास्थ्य समस्या निम्तने गर्दछ ।

यो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो लगायतका समस्या र अन्य प्रभाव देखिनु सामान्य हो । तर केही रोग भने हाम्रो गल्तीका कारणले निम्तिने गर्दछन् । के हुन् त ती गल्ती ?

१. कम मात्रामा पानी पिउनु
गर्मी मौसमको तुलनामा जाडोमा कम तिर्खा लाग्दछ । तर, जाडोमा पनि हाम्रो शरीरमा गर्मीमा झै उही मात्रामा पानीको आवश्यकता पर्दछ । यस्तोमा जाडोमा समेत दैनिक दुई लिटरभन्दा बढि पानी पिउन आवश्यक हुन्छ । अन्यथा डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्नेलगायत समस्या उत्पन्न हुन्छ ।

२. बढी मात्रामा लुगा लगाउनु
जाडो मौसममा न्यानो हुने नाममा मानिसहरु अनेकथरी मोटा ज्योकट, स्वेटर र अन्य बाक्ला लुगा लगाउँने गर्दछन् । तर, धेरै लुगा लगाउनु जाडोबाट बच्ने प्रभावकारी उपाय भने होइन । बरु उल्टै मोटो लुगाका कारण गर्मी भई पसिना आउन सक्छ र यसले शरीरलाई झन् चिसो बनाउँछ । तसर्थ ठिक्क न्यानो हुने भन्दा बढि लुगा लगाउनु हुदैन ।

३. पञ्जा र मोजाको बढि प्रयोग
जाडोबाट बच्न हातमा पञ्जा र खुट्टामा मोजा लगाउनु पक्कै नराम्रो होइन । तर, जाडोबाट बच्न यसरी पञ्जा र मोजा लगाउँदा मौसमसँग अभ्यस्त हुन हात र खुट्टाले पाउदैन । तसर्थ जाडोमा मोजा वा पञ्जा लगाएर सुत्नु हुदैन । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ ।

४. बढि खाना खाने
जाडो मौसममा खानामा रुची हुन्छ । यस्तोमा मानिसहरु बढि मात्रामा खाना खाने गर्दछन् । केहि मानिसहरु जाडोबाट बच्न मीठो, बढी चिल्लोयुक्त, प्रोटिनयुक्त र जंक फुड खाने गर्दछन् । यस्तोमा बढि खाना र कम शारीरिक गतिविधिका कारणले शरीरमा मोटोपना र अल्छिपना बढ्दछ ।

५. बढी मात्रामा सुत्ने
जाडोयाममा मानिसलाई अन्य मौसमको भन्दा बढि निन्द्रा पर्ने गर्दछ । चिसोका कारण स्वभावतः यो मौसममा बढि निन्द्रा आउने गर्दछ । तर बढि मात्रामा सुत्नाले शरीरमा बिभिन्न समस्याहरु देखा पर्ने हुन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति