चाया पर्‍यो भने के गर्ने ? « Khabarhub

चाया पर्‍यो भने के गर्ने ?


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा कर्मचारी विद्यार्थी तथा घरबाहिर काममा निस्कनुपर्नेहरुमा सबैभन्दा ठुलो समस्या हो, चाया । घरबाट बाहिर निस्कनासाथ कोरेको कपालबाट बुरुरु कपडामा चायाँ झर्ने गर्दछ । यस्तोमा धेरैलाई जाडोयाम शुरु भएसंगै यसले सताउने गर्दछ ।

चाया आउनु सरुवा रोगको लक्षण होइन । सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको टाउकोको निर्जीव छाला हो, जुन कपालको जरा छेउछाउमा जम्मा हुन्छ । कपाल किरेटिन नामक प्रोटिनले बनेको हुन्छ । विभिन्न संक्रमण, रोग जस्ता कारण बाहेक टाउको राम्ररी सफा नहुदा चायाँ आउने गर्दछ ।

कपाल राम्ररी नधुँदा, टाउकाको छालामा फोहोर र प्रदूषणका कारण एक किसिमको पत्र जम्न थाल्दछ । यसले टाउकाको छालाको रोम छिद्रलाई बन्द पारिदिन्छ । चायाका कारण टाउकाको छाला रुखोसमेत हुन्छ र बढी मात्रामा चिलाउँछ ।

सामान्यतः चाया कम गर्न एन्टिफंगल स्याम्पु उपयोगी मानिन्छ । यस स्याम्पुलाई करिब पाँच मिनेटसम्म पानीमा भिजेको कपालमा लगाएर राख्नुपर्छ । यसपछि पानीले धुनुपर्छ । स्याम्पु लगाएलगत्तै पानीले कपाल धुँदा चाया घट्दैन ।

यसका लागि एक सातासम्म निरन्तर कपाल धुने गर्नु पर्दछ । पछि सातामा दुई पटकसम्म स्याम्पु गर्ने र कपाल धुने गर्नु पर्दछ । यसले बिस्तारै चाया कम हुँदै जान्छ । यदि यसो गर्दा समेत चायाको समस्या नहटे छाला सम्बन्धी अन्य रोग हुने सम्भावना भएकाले छाला रोग विशेषज्ञको सल्लाह लिनु पर्दछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै