नेकपाको दाहाल-नेपाल समूह आजदेखि चौथो चरणको आन्दोलनमा « Khabarhub

नेकपाको दाहाल-नेपाल समूह आजदेखि चौथो चरणको आन्दोलनमा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आज चौथो चरणको आन्दोलन थाल्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल- नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।

चौथो चरणका कार्यक्रमअन्तर्गत  आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् । भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल-नेपाल समूह आन्दोलनमा छ। यो समूहले गत माघ २८, माघ ९ र पुस १३  मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

यस्ता छन् आजदेखि हुने आन्दोलनका कार्यक्रम

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : २० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको