रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय « Khabarhub

रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हामीले कफजन्य  खानाहरु  जस्तै चिसो हावा, चिसो पानी, फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ ।

यसका लक्षणहरु

– नाकबाट पानी बग्नु

– हाच्छ्युँ आइरहनु

– टाउको दुख्नु र हल्का ज्वरो समेत आउन सक्छ

– पटक–पटक नाकबाट भित्रतर्फ जोडले श्वास तान्नु आदि ।

यसरी गर्न सकिन्छ घरेलु उपचार

१. कालो मरीच, सख्खर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

२. उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

३. सुठो, कूट, पिप्पली, बेलको गुदी र अंगुको पानी उमालेर एक चौथाई पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सरसिउँको तेल हालेर उमाल्नुहोस । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छ्युँ आउन बन्द हुन्छ ।

४. घिउ, गुग्गल (एउटा काँडेदार रुख र त्यसको बीज) र मैनको मिश्रणलाई पोलेर त्यसको धुवाँ सुँघ्नाले हाँच्छ्यूँ आउन बन्द हुन्छ ।

५. दूधमा जायफल, अदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।

६. सात–आठ ओटा कालो मरीच घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी पिउनुभयो भने रुघा ठीक हुन्छ ।

७. लसुनका सात–आठ वटा पोटी चपाएर खानाले या तरकारी बनाएर खानाले फोक्सोमा जम्मा भएको कफ निस्किन्छ र रुघा ठीक हुन्छ ।

८. सानो एवं कालो मरिचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

९. पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

१०. दहीलाई पातलो पारेर त्यसमा अलिकति बेसन मिसाएर–घोटेर नुन, मरीच तथा अलिकति मेथीको दाना हालेर पकाउनुहोस् र पाकिसकेपछि तातो–तातो पिउनुहोस्, रुघा ठीक हुनेछ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति