रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय | Khabarhub Khabarhub

रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ हामीले कफजन्य  खानाहरु  जस्तै चिसो हावा, चिसो पानी, फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ ।

यसका लक्षणहरु

नाकबाट पानी बग्नु

हाच्छ्युँ आइरहनु

टाउको दुख्नु र हल्का ज्वरो समेत आउन सक्छ

पटकपटक नाकबाट भित्रतर्फ जोडले श्वास तान्नु आदि ।

यसरी गर्न सकिन्छ घरेलु उपचार

१. कालो मरीच, सख्खर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

२. उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

३. सुठो, कूट, पिप्पली, बेलको गुदी र अंगुको पानी उमालेर एक चौथाई पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सरसिउँको तेल हालेर उमाल्नुहोस । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छ्युँ आउन बन्द हुन्छ ।

४. घिउ, गुग्गल (एउटा काँडेदार रुख र त्यसको बीज) र मैनको मिश्रणलाई पोलेर त्यसको धुवाँ सुँघ्नाले हाँच्छ्यूँ आउन बन्द हुन्छ ।

५. दूधमा जायफल, अदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।

६. सातआठ ओटा कालो मरीच घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी पिउनुभयो भने रुघा ठीक हुन्छ ।

७. लसुनका सातआठ वटा पोटी चपाएर खानाले या तरकारी बनाएर खानाले फोक्सोमा जम्मा भएको कफ निस्किन्छ र रुघा ठीक हुन्छ ।

८. सानो एवं कालो मरिचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

९. पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

१०. दहीलाई पातलो पारेर त्यसमा अलिकति बेसन मिसाएरघोटेर नुन, मरीच तथा अलिकति मेथीको दाना हालेर पकाउनुहोस् र पाकिसकेपछि तातोतातो पिउनुहोस्, रुघा ठीक हुनेछ ।

साभार घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ०३ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध