एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप, मध्यपूर्व संयोजकले गरे छानविनको माग     « Khabarhub

एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप, मध्यपूर्व संयोजकले गरे छानविनको माग    



दोहा- मध्यपूर्वबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरुको नाममा एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप लागेको छ ।

गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक प्रवीन गुरुङले श्रमिकको उद्धारका नाममा अनियमितता भएको भन्दै छानविनको माग गरेका छन् ।

संयोजक गुरुङले एक बिज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाटप्राप्त सहयोग रकममा संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागितामा हिनामिना भएको आरोप लगाइएको छ ।

मध्यपूर्वका कतार, यूएई, साउदी अरब, बहराइन, कुवेत र ओमनबाट स्वदेश फर्कने नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्कनुको कारण सोध्ने, कम्पनीको नाम, पीसीआर रिपोर्ट, हवाई टिकट, राहदानी आदि डकुमेन्टको फोटो खिच्ने र उद्धारको नाममा फर्जी विल भरपाई बनाई केही राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलोमतोमा आर्थिक चलखेल हुने गरेको बताएका छन् ।

संघका अध्यक्ष कुमार पन्तलाई छानविनको आग्रह गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमार्फत आएका अनियमितताका विषयको तत्काल छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन संघका केन्द्रीय अध्यक्ष कुमार पन्तलाई पनि आग्रह गर्दछु ।’

संघले विभिन्न समस्यामा परी नेपाल फर्कने नेपालीहरुलाई राहत तथा उद्धारका निमित मध्यपूर्वमा रहेका केहि आईसीसी र एनसीसीका पदाधिकारीहरुको सहभागितामा उद्धारकोष खडा गरेको छ ।

सो सम्बन्धमा मध्यपूर्वबाटै अन्तर्राष्ट्रिय समन्वय परिषद्को निमित्त निर्वाचित मध्यपूर्व संयोजक, उप–संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली, यूवा संयोजक राज रेग्मी, महिला संयोजक सुमीत्रादेवी पौडेलको कुनै संलंग्नता तथा जानकारी नरहेको र आफूहरुसँग राहत वितरणका लागि कनै पनि परामर्श नलिएको उनको आरोप छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ०९ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस