चैतमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ « Khabarhub

चैतमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–तुलसी मिडियाले आगामी चैतमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना हुन लागेको अवार्ड चैत १४ गते काठमाडौंमा हुन लागेको हो ।

मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले अवार्डमा ३९ विधा हुने बताए । जसमा लोक, पप, आधुनिक र फिल्म विधा छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् ।

यस्तै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधाअन्र्तगत नवगायक, नवगायिका, नवनायक र नवनायिका समावेश छ ।

यस्तै प्राविधिकतर्फ छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकअप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधाअन्तरगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् ।

अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिनेछ ।

आयोजकले गत फागुन ३ गतेबाट फागुन २१ गतेसम्मका सबै विधामा फाराम खुल्ला गरेको छ । अवार्डका लागि तीन सदस्यीय जुरी निर्माण गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : ३५ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा