आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ। बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो।

नेपाल सुन चाँदी महासंघले कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको मूल्य असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ भयो। त्यसपछि भने सुनको भाउ लगातार उकालो लाग्दै तोलाको १ लाख रुपैयाँ माथि पुग्यो।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुन थालेपछि मूल्य उकालो लाग्दै प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।

हाल लगानीकर्ताहरु सेयरतर्फ आकर्षित हुदा सुनको मूल्य घट्न थालेको महासंघले जनाएको छ।

यतिबेला पुनः सुनको मूल्य घट्दै प्रतितोला ८९ हजार ८ सय रुपैयाँ भएको छ। केही समयदेखि सुनको मूल्य प्रतितोला ९० हजारभन्दा तल झरेको थिएन।

बुधबार अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले गिरावट भएको हो। गत हप्तादेखि सामान्य गिरावट भइरहेको सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेको थियो।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले एक महिनाभित्र सुनको मूल्य घटेर प्रतितोला ८० हजार रुपैयाँसम्म आइपुग्ने अनुमान गरे।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७९२.३२ डलर र चाँदी प्रतिऔंस २७.३३ डलरमा कारोबार भएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ५८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान