भागरथीका दाइले दिए हत्या आरोपित दिनेशविरुद्ध किटानी जाहेरी « Khabarhub

भागरथीका दाइले दिए हत्या आरोपित दिनेशविरुद्ध किटानी जाहेरी


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाइ शंकर भट्टले किटानी जाहेरी दिएका छन् ।

शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । दिनेशविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने प्रहरीले जनाएको छ ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको २१ माघमा विद्यालयबाट घर फर्कदै गर्दा हत्या भएको थियो ।

आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने भनिए पनि म्याद थपपछि दिउँसो २ बजे सार्वजनिक गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कुकुर आउँदैछ भनेपछि भागेका थिए दिनेश

भागरथीको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त १६ वर्षीय दिनेशले प्रहरीको तालिमप्राप्त कुकुरले सुँघेर अभियुक्त पत्ता लगाउँछ भन्ने सुनेपछि भागेको बयान दिएका छन् । घटनामा अनुसन्धान गर्न डिआइजी आफैँ कुकुरसहित आउँदैछन् भन्ने हल्ला सुनेका उनले आफू आत्तिएर गोरु चराउन जंगल गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरीको तालिम प्राप्त कुकुरले सुँघेर सजिलै पत्ता लगाउँछ भन्ने सुनेपछि डरले गोरु चराउने बहाना गरेर हिँडेको उनले बताएको प्रहरीले जनाएको छ ।

२ वर्षअघि कञ्चनपुरको भिमदत्तनगरकी निर्मला बलात्कारपछि हत्या प्रकरणमा भएको गल्ती र कमजोरी यस अनुसन्धानमा नदोहोरियोस् भनेर शुरूदेखि नै निकै संयमित भएको प्रहरीले यस घटनामा मिहिन ढंगले अध्ययन गरेको थियो ।

भागरथीको बलात्कारपछि हत्या घटनामा सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी घटनाको तेस्रो दिन माघ २३ गते शुक्रबार आफैँ घटनास्थल पुगेका थिए ।

शुरूको अनुसन्धानमा प्रहरीसमक्ष दिनेशले अनुसन्धान अधिकृतलाई झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक स्वभाव, चिढिने, झर्कने जस्तो व्यवहार देखाएका थिए ।

प्रहरीले क्लोज रिङमा राखेका बखत शुरूमा निडर र आत्मविश्वाससहित बेलेको अभियुक्त क्रमश गल्दै गएका थिए । अनेक प्रमाणसँग पुष्टि भएपछि फागुन ४ गते प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ४२ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका