अमेरिकी राजदूत बेरीले गरे नेपाली सेनाको प्रशंसा « Khabarhub

अमेरिकी राजदूत बेरीले गरे नेपाली सेनाको प्रशंसा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका छन्।

कुनै पनि विदेशी कुटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो।

नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन्।

अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकतबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्च सम्मान प्रकट गरेको हो।

राजदूत बेरीले भने, ‘नेपाली सेना एशियाको र संसारभरिकै पुरानोमध्येको सेना हो। यसले लामो गौरव गाथा बोकेको र देशको एकीकरणमा उल्लेख्य योगदान दिएको इतिहासमा उल्लेख पाएको छु।’

‘नेपालमा मात्र होइन विश्वव्यापीरुपमा व्यावसायिक सेनका रुपमा परिचय दिन सफल भएको छ,’ उनले भने, राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ।’

नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्तरुपमा प्रसंसा गरेको हो।

राजदूत बेरीले नेपाललाई एउटा अनुपम देश भन्दै यस्तो देशको सेना हुन पाउनु त्यहाँ काम गर्नेहरुका लागि गर्वको विषय भन्दै स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुको मनोबल बढाएका थिए।

उनले नेपाली सेना विश्वकै एउटा साहसीमध्येको सेना भएको बताएका थिए। बोल्नेक्रममा उनले प्रकृतिको संरक्षण र बन्यजन्तुको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको पनि उनले मुक्त कण्ठले प्रसंसा गरेका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : ०४ बजे

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत