विद्यार्थीले एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने « Khabarhub

विद्यार्थीले एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब पाँच विश्वविद्यालयका विद्यार्थीहरुले करिब एक करोड बराबरको परियोजनाको मुल्याङ्कन गर्न पाउने भएका छन् ।

एक करोड भन्दा माथिको परियोजनामा प्राध्यापक र एक करोड बराबरको परियोजनाको मुल्याङ्कन विद्यार्थीले गर्न पाउँने गरी विश्वविद्यालय र समाज कल्याण परिषद्बीच सम्झौता भएको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए ।

परिषद्ले प्रधानमन्त्री निवास बालुवाटारमा सम्झौता गरेको हो । पत्रमा परिषद्का तर्फबाट सदस्य सचिव पुष्कर खाती र विश्वविद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

सम्झौता भएका विश्वविद्यालयमा कम्तिमा स्नातोत्तर पढिरहेका विद्यार्थीहरुलाई परियोजनाको मुल्याङकन गर्न दिइने उनले बताए ।

परिषद्ले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल विद्यालय, पूवाञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग परियोजना मुल्याङ्कनको लागि सम्झौता गरेको छ ।

अनुसन्धानमा दुवै पक्षलाई सहयोग मिल्ने उद्देश्यले सम्झौता गरिएको उनले जानकारी दिए ।

पहिलो चरणमा पाँच वटा विश्वविद्यालयसँग सम्झौता गरेर काम गर्ने योजना बनाए पनि आगामी वर्षहरुमा सबै विश्वविद्यालयलाई समेटेर लैजाने भट्टराईले बताए । चालु आर्थिक वर्षमा करिब ८ सय परियोजना मुल्याङ्कन गर्नुपर्ने रहेको उनले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ३६ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का