संसद विघटनले मुलुक राजनीतिक संकटतर्फ धकेलियो : उपराष्ट्रपति पुन (भिडियोसहित) « Khabarhub

संसद विघटनले मुलुक राजनीतिक संकटतर्फ धकेलियो : उपराष्ट्रपति पुन (भिडियोसहित)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनका कारण मुलुक राजनीतिक संकटतर्फ धकेलिएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसले मुलुकलाई राजनीतिक संकटतर्फ धकेलेको बताएका हुन ।

प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको उनले बताए ।

हेरौँ भिडियो

उनले संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रतिनिधिसभा भंग हुनु गलत भएको र यसले राजनीतिलाई सही दिशामा नलैजाने तर्क गरे ।

उपराष्ट्रपति पुनले संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने धारणा राखे ।

पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने जिकिर गरे ।

उनले संविधानको संरक्षण र पालना सवै संघसंस्था र नागरिकको कर्तव्य भएको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री  पार्वत गुरुङले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णयलाई जनताले स्वीकार गरिसकेको दावी गरे ।

उनले चुनावको विकल्प नरहेको भन्दै तोकिएको समयमा निर्वाचन हुने जिकिर गरे ।

कार्यक्रममा महासंघले एक लाख रासीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डाक्टर सुरेश आचार्यलाई प्रदान गर्ने गरेको छ ।

त्यस्तै ५० हजार राशिको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पाराई र ५० हजार राशिको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरिएको छ ।

१० हजार राशिको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ भने १० हजारकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भरत शाह र मुना हमाललाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट शाखालाई पनि सम्मान तथा पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ४ : ३५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार