सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम « Khabarhub

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिए ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मङ्सिर ७ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन जना र प्रहरी जवान ४४ जना गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएको ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : ५२ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण