प्रहरीले राजमार्गमा गरेको ‘विपद् व्यवस्थापनको नमुना अभ्यास’ देखेर आत्तिए यात्रु  « Khabarhub

प्रहरीले राजमार्गमा गरेको ‘विपद् व्यवस्थापनको नमुना अभ्यास’ देखेर आत्तिए यात्रु 



नवलपुर– पूर्व पश्चिम राजमार्गका मध्यभागमा पर्ने पूर्वी नवलपरासीपूर्व कावासोती जंगलमा आज बिहान ११ बजेतिर ठूलो दुर्घटना भएको सूचना आयो ।

सूचना आएको २ मिनेटमै जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी भ्यान घटनास्थल पुग्यो । प्रहरी भ्यान पुगेलगत्तै चार वटा एम्बुलेन्स पनि आइपुगे ।

राजमार्गमा बस र ट्रकको बीचमा मोटरसाइकल च्यापिएको देखिन्थ्यो । सडकमा दुई जना रक्ताम्मे अवस्थामा पल्टिएका थिए । बसका यात्रुहरु चिच्चाइरहेका थिए । एकाएक प्रहरीले उद्धार गरी घाइतेहरुलाई स्ट्रे्चरमा राखेर एम्बुलेन्समा चढाइरहेका थिए ।

घाइतेको उद्धार गर्न झण्डै १५ मिनेट लाग्यो । दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र घाइतेको उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले घटनास्थलमै जानकारी दियो ।

तर, यो सबै वास्ताविक दुर्घटना नभई प्रहरीले सडक दुर्घटना विपद् व्यवस्थापनको नमुना अभ्यास गरेको थियो । दुर्घटना भनिएको बसका यात्रुहरु चिच्याउँदै ओर्लिँदा सडकमा देख्ने अन्य यात्रुहरु पनि झुक्किए ।

प्रहरीद्वारा गरिएको सडक दुर्घटना विपद् व्यवस्थापनको नमुना अभ्यास ।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयकै आयोजनामा प्रहरीले विपद व्यवस्थापन कसरी गर्ने भनी नमुना अभ्यास गरिएको र यस्तो अभ्यास प्रदेशका सबै जिल्लामा भइरहेको गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अधिकृत प्रकाशशरण ढुंगानाले बताए ।

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा सबै भन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि दुर्घटना भइसकेपछि उद्धार कसरी गर्ने भन्ने कुराको अभ्यास आवश्यक भएको प्रहरीको भनाइ छ ।

राजमार्गको यो खण्डमा सडक दुर्घटना अत्याधिक हुने भएकाले दुर्घटनापछि घाइतेको उद्धार छिटो-छरितो र सुरक्षित तवरले गर्नका लागि यस्तो अभ्यास प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

घटना भइसकेपछि उद्धार गर्न ढिलाई गरिँदा पनि घाइतेको ज्यान जाने गरेको छ भने सही तरिकाले उद्धार गरिएमा शरीरका अंगहरुमा हुने क्षति कम गर्न सकिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ३९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब