चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छन्, शिक्षक कोही हुँदैनन्: दीपकराज गिरी « Khabarhub

चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छन्, शिक्षक कोही हुँदैनन्: दीपकराज गिरी


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्ममा सबै मेकर विद्यार्थी नै हुने धारणा राखेका छन् ।

मंगलवार काठमाडौंमा गरिएको फिल्म ‘प्रकाश’ को कार्यक्रममा बोल्दै गिरीले चलचित्रमा कोही पनि शिक्षक नहुने बताए ।

खरो टिप्पणी गर्ने अभिनेताका रुपमा चिनिने गिरीले गल्तीहरु नै आफ्ना शिक्षक भएको धारणा राखे । उनले भने, ‘चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छ, शिक्षक कोही हुँदैन, सिक्ने क्रम कहिल्यै सकिँदैन । आफ्ना गल्तीहरु नै हाम्रा शिक्षक हुन् ।’

उनले मेकरले गल्तीबाट नयाँ पाठ सिक्ने पनि बताए । ‘मैले आफैले बनाएका चलचित्र पचासौँ गल्ती देख्छु, अरुले सयौँ गल्ती देख्छ, त्यही गल्ती नै हाम्रो गुरु हो,’ उनले भने ।

नेपालमा एकथरी मेकरले फिल्म विशुद्ध कलात्मक हुनुपर्ने भन्दै आएको र एकथरीले फिल्मले व्यापक नाफा कमाउनुपर्छ भन्दै आएको उनले बताए ।

‘हामी यतिञ्जेलसम्म दुई धारबाट बहस गरिरहेका छौँ । कोही फिल्म कलात्मक बनाउनुपर्छ भन्ने र कोही कलात्मकभन्दा फिल्मले व्यापार गर्नुपर्छ भन्नेमा बहस गरिरहेका छौँ, मलाई भने फिल्ममा कला र व्यापार दुवै हुनुपर्छ भन्ने लाग्छ,’ उनले भने ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै