खाटबाट लडेर हुप्सेकोटका वडाध्यक्षको मृत्यु « Khabarhub

खाटबाट लडेर हुप्सेकोटका वडाध्यक्षको मृत्यु


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरसीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्रबहादुर कानूको आज बिहान मृत्यु भएको छ ।

४५ वर्षीय कानूको बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

मंगरबार खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनी बिहान शौचालय जान बाहिर निस्किएको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए ।

बेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केही बेरमै मृत घोषणा गरेको थियो ।

हुप्सेकोट गाउँपालिका वडा नं. १ जुगेपानी घर भएका कानूको मृत्युको शोकमा बुधबार गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिएको छ ।

मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि बिहान गाउँपालिका कार्यालय परिसरमा राखिएको थियो । कानूको आज नै नारायणी नदीमा लगी दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ५५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल