खाटबाट लडेर हुप्सेकोटका वडाध्यक्षको मृत्यु « Khabarhub

खाटबाट लडेर हुप्सेकोटका वडाध्यक्षको मृत्यु


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरसीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्रबहादुर कानूको आज बिहान मृत्यु भएको छ ।

४५ वर्षीय कानूको बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

मंगरबार खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनी बिहान शौचालय जान बाहिर निस्किएको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए ।

बेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केही बेरमै मृत घोषणा गरेको थियो ।

हुप्सेकोट गाउँपालिका वडा नं. १ जुगेपानी घर भएका कानूको मृत्युको शोकमा बुधबार गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिएको छ ।

मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि बिहान गाउँपालिका कार्यालय परिसरमा राखिएको थियो । कानूको आज नै नारायणी नदीमा लगी दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ५५ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग