कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव (भिडियोसहित) | Khabarhub Khabarhub

कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव (भिडियोसहित)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गरेका हुन ।

यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ ।

हेरौँ भिडियो


बैठकमा फागुन ५ बाट संविधानत: सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावमाथि बुधबारबाट छलफल शुरु भएको बिहीबार पनि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको उनले बताए ।

बैठक बिहीबार पनि बोलाइएको छ । बुधबार र बिहीबारको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने प्रवक्ता शर्माले बताए ।

यसअघि अघिल्लो बर्ष कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ५० बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित