पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियूको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियूको माग


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं–  सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ।

कोरोना कहर र लकडाउनका कारण थलिएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थको मुल्य बढाएर सर्वसाधारणको चुलो चौकोमै प्रहार गरेको अनेरास्वीयूले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

पेट्रोलियम पर्दाथको मूल्यवृद्धिले अन्य क्षेत्रलाई समेत प्रभावित गर्ने भएकाले बढाइएको मूल्यलाई तत्काल घटाउनुपर्ने उनीहरुको माग छ ।

अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा फागुण ८ गते विहिबार बिहान ८ः३० बजे देशभरका कलेज अगाडि प्रदर्शन गर्ने र दिउँसो नेपाल आयल निगम घेराउ गर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ४४ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न