‘कोप २६’ टोलीद्वारा नेपालमा मौसम परिवर्तनको प्रभावबारे जिज्ञासा « Khabarhub

 ‘कोप २६’ टोलीद्वारा नेपालमा मौसम परिवर्तनको प्रभावबारे जिज्ञासा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन  (कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

भेटका क्रममा टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुबारे जिज्ञासा राखेको थियो ।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालल आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो ।

यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनि प्रधानमन्त्रीसमक्ष टोलीले रोखेको थियो ।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिएका थिए ।

साथै उनले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिएका थिए ।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तन सम्बन्ध २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ५५ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित