खाना अपचको समस्या भए घरभित्रैबाट हुन्छ उपचार « Khabarhub

खाना अपचको समस्या भए घरभित्रैबाट हुन्छ उपचार


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना नपच्नुलाई अपच/अजिर्ण भएको भन्ने गरिन्छ । हामी खाने खानामा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, खनिज तथा चिल्लो पदार्थ आदि रहेको हुन्छ ।

त्यसलाई हाम्रो शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्यालसहित टाइलिन, ग्यास्ट्रिक जुस नामक तत्वहरु उत्पादन हुन्छ ।

जसले भोजनलाई पचाउने काम गर्छन् । तर कतिपयमा खाना नपच्ने समस्या हुन्छ । नियमित रुपमा अपचको समस्या भए कसरी घरभित्रै यसको निदान गर्ने त ?

– अदुवाको एउटा टुक्रामा कागतीको केही थोपा रस र अलिकति बिरे नुन मिसाएर खाने ।
– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर ताजा अचार खाने ।
– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा नियमिति खाने ।
– खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।
– पाचन बलियो नहुनुमा कलेजो स्वस्थ नहुनु पनि त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुने ।
– गाजर, चुकन्दर, सागसब्जी र फलफूल खाने यसले कलेजो स्वस्थ बनाउँछ ।
– पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ ।
– यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने ।
– बढी तनाव लिदाँ पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि समस्या हुन्छ ।
– तनावले पाचनलगायत शरीरका अन्य प्रणालीमा पनि असर गर्दछ ।
– हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ५४ बजे

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल