१० दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो « Khabarhub

१० दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ ।

गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए ।

३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : १५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,