जनगणना तयारी गर्न बझाङमा कार्यालय स्थापना « Khabarhub

जनगणना तयारी गर्न बझाङमा कार्यालय स्थापना


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ। जिल्लामा जनगणना २०७८ का लागि ३६० जनशक्ति आवश्यक पर्ने भएको छ। जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो।

जम्मा ८४ सुपरीवेक्षक र २७६ जना गणक परिचालन हुने तथा जिल्लाको भुगोल अनुसार थप पनी हुन सक्ने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताए।

सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ। उनीहरूले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन्‌। गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन्‌।

यस वर्ष जनगणनामा मुख्य प्रश्नावली ३ वटा र ३७ वटा महलसम्म प्रश्न समावेश गरिने भएको छ। फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन्।

जिल्लामा मुख्य कार्यालय गरी ४ ठाउँमा इलाका कार्यालय स्थापना हुने भएको छ। जसमा जिल्ला जनगणना कार्यालय चैनपुर अन्तरगत जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा,छबीस र सुर्मा गाउँपालिकालाई हेर्ने भएको छ भने केदारस्युँ गाउँपालिका अन्तरगत रहेको कार्यालयले केदारस्यूँ , दुर्गाथली र थलारा गाउँपालिकालाई हेर्ने र तलकोट गाउँपालिका अन्तरगत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्ने भएको छ। यस्तै, बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचीर गाउँपालिका हेर्नेछ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिँदैछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र निमार्ण गरिने भएको छ।

साथै २०७८ को जनगणनामा विगतको प्रश्नावलीभन्दा यो जनगणनामा वडामै गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोध्ने र जसमा वडा,गाउँटोल नाम, मुख्य र गैर कृषि उपज, वडाको राजश्व स्रोत, जातजाति, मातृ भाषा, आर्थिक पुर्वाधार र विपदको अवस्था र वर्षभर विपदका कारण मृत्यु भएका र बालीनाली क्षति भएको लगायतका प्रश्नावलीहरू समेत समेटिएको जिल्ला जनगणना अधिकारी धामीले बताए। जनगणनालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि र पत्रकार लगायत आम नागरिकको महत्वपूर्ण भूमिका रहने भएकाले सहयोग गर्न सबैमा आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ३० बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति