नवलपुरमा जनगणना कार्यालय स्थापना « Khabarhub

नवलपुरमा जनगणना कार्यालय स्थापना


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ शुरु गर्न लागेकोले देशैभर जनगणना कार्यालयहरु स्थापना गर्ने क्रम शुरु भएको हो ।

यसअघिबाटै जनगणनाका आन्तरिक कार्यहरु भइरहेको भए पनि जिल्लामा कार्यालय स्थापना गरी मंगलबारबाट औपचारिक रुपमा कार्य शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागका अधिकृत तथा नवलपुरका जनगणना अधिकारी जितेन्द्र रानाभाटले बताए ।

जिल्ला कार्यालय स्थापना गरिएसँगै गणकहरु नियुक्त गर्ने प्रक्रिया पनि शुरु गरिने उनले बताए । यहि चैत ५ गतेदेखि चैत ११ गतेसम्म गणक तथा सुपरिवेक्षक पदमा आवेदन दिन सकिने रानाभाटले बताए । उनकाअनुसार कर्मचारी नियुक्तीमा स्थानीय र महिलालाई विषेश प्राथमिकता दिइने छ । नवलपरासी पूर्वी जिल्लाका लागि ४ सय ७२ जना गणक र १०४ जना सुरपरिवेक्षकको माग रहेको छ ।

२०७८ बैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरुबाट घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र असार ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले जानकारी दिए ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने जनाइएको छ । नेपालमा हरेक दश/दश वर्षमा जनगणना गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना