अवैधरूपमा भारत पुगेका दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

अवैधरूपमा भारत पुगेका दुई चिनियाँ नागरिक पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुडीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् ।

यात्राका लागि आवश्यक कागजात पनि नभएको र भारतको नक्कली आधारकार्ड रहेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ज्याङ जुन र काइ लेङ रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरु चीनबाट काठमाडौँ आई भारत प्रवेश गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

उनीहरू काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल(भारत सीमा क्षेत्रमा नक्कली आधारकार्ड देखाएर भारत प्रवेश गरेका थिए ।

उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्न खोजेका उनीहरूलाई चेकजाँचका क्रममा आवश्यक कागजात नभएको पत्ता लागेको सीआईएसएफको टोलीले जनाएको छ ।

हाल उनीहरूलाई बाघडुग्रा प्रहरी चौकीको हिरासतमा राखेर सोधपुछ गरिरहेको जनाइएको छ ।

पक्राउ परेका दुई जनामध्य एकजनाको पासपोर्ट रहे उनको भिसा छैन । अर्का व्यक्तिसँग कुनै कागजात नरहेको प्रहरीले जनाएको छ । यसअघि उनीहरू गत जनवरी ३ मा नेपालबाटै कराँचीसम्म पुगेको खुलेको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल