कोरोना खोप : दोस्रो चरणमा काठमाडौँ महानगरमा ४८ हजारभन्दा धेरैले लगाए खोप « Khabarhub

कोरोना खोप : दोस्रो चरणमा काठमाडौँ महानगरमा ४८ हजारभन्दा धेरैले लगाए खोप


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरूद्धको दोस्रो चरणको खोप अभियानमा काठमाडौँ महानगरपालिकाका ४८ हजारभन्दा धेरैले खोप लगाएका छन् ।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको महानगरले जनाएको छ ।

महानगरले अब अर्को चरणको खोप अभियान पनि चाडै थाल्ने जनाएको छ ।

‘दोस्रो प्राथमिकतामा परेकाहरुको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भए पश्चात पुनः खोप लगाउने कार्य शुरु गर्नेछौँ,’ शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘दोस्रो चरणको फागुन २३ बाट शुरु कोभिडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ ।’

दोस्रो चरणमा २५ हजार ३ सय २५ जना पुरूष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाएको उनले बताए ।

कुँवरले भने, ‘प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले खोप लगाउनुभयो । दोस्रोमा ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाउनुभयो ।’

त्यसैगरी वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पताल बाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्शालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९,  स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र विरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।

सबै भन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले लगाएका छन् ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुतीगृह थापाथलीमा २ हजार ९ सय ९९ ले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : ३० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल