कोरोना खोप : दोस्रो चरणमा काठमाडौँ महानगरमा ४८ हजारभन्दा धेरैले लगाए खोप « Khabarhub

कोरोना खोप : दोस्रो चरणमा काठमाडौँ महानगरमा ४८ हजारभन्दा धेरैले लगाए खोप


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरूद्धको दोस्रो चरणको खोप अभियानमा काठमाडौँ महानगरपालिकाका ४८ हजारभन्दा धेरैले खोप लगाएका छन् ।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको महानगरले जनाएको छ ।

महानगरले अब अर्को चरणको खोप अभियान पनि चाडै थाल्ने जनाएको छ ।

‘दोस्रो प्राथमिकतामा परेकाहरुको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भए पश्चात पुनः खोप लगाउने कार्य शुरु गर्नेछौँ,’ शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘दोस्रो चरणको फागुन २३ बाट शुरु कोभिडविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ ।’

दोस्रो चरणमा २५ हजार ३ सय २५ जना पुरूष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाएको उनले बताए ।

कुँवरले भने, ‘प्राप्त तथ्यांक अनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले खोप लगाउनुभयो । दोस्रोमा ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाउनुभयो ।’

त्यसैगरी वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पताल बाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्शालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९,  स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र विरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।

सबै भन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले लगाएका छन् ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुतीगृह थापाथलीमा २ हजार ९ सय ९९ ले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : ३० बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन