पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण « Khabarhub

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरू भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ ।

गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरू भएको थियो । विशेष पूजा शुरू भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउन क्रम बढ्न थालेको हो ।

महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा ३१ लाख १२ हजार ३०० रुपैयाँको विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

महाशिवरात्रिका दिन रु पाँच हजार १०० र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो । रु पाँच हजार १०० को विशेष पूजा ३७५ र रु ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उनले सुनाए ।

पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र रु ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।

पछिल्लो समय रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिका अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

कोरोना जोखिमका कारण यस वर्ष महाशिवरात्रिमा पनि पशुपतिनाथ मन्दिरमा कम भक्तजन आएका छन् जसका कारण पशुपतिको महाशिवरात्रिका दिनको आयमा प्रभाव परेको कोषले जनाएको छ । गत वर्ष महाशिवरात्रिका दिन रु १० लाखभन्दा बढी भेटी उठेको थियो । यस वर्ष भने रु छ लाखको हाराहारीमा मात्र जम्मा भएको जनाइएको छ ।

महाशिवरात्रिको दिनदेखि पशुपतिनाथ मन्दिर साबिकअनुसार खुला भइसकेको छ । मन्दिर बिहान ५देखि बेलुकी ७ बजेसम्म खुला हुन थालेको छ । गत वर्ष चैत ११ देखि बन्द रहेको मन्दिर नौ महिनापछि पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो २ बजेसम्म मात्र खुला हुने गरेको थियो ।

यसबीचमा पशुपतिनाथ मन्दिरको नित्य पूजा र भोगका समयमा करीब एक घण्टा मन्दिर बन्द हुने गरेको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि भने साबिकअनुसार नै मन्दिर खुला भइरहेको कोषले जनाएको छ । रासस

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : ११ बजे

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम