मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट « Khabarhub

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो ।

यस अभियान अन्तरगत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए ।

फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरि लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : २६ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका