के हो गोधूली ? थाहा पाउनुहोस् महत्व « Khabarhub

के हो गोधूली ? थाहा पाउनुहोस् महत्व


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म शास्त्रमा दिनको अलग–अलग समयका आआफ्नै महत्व बताइएको छ । चाहे सूर्योदय पहिलेको ब्रह्ममुहूर्त होस् वा चाहे सूर्यास्तअघिको गोधूली बेला यसको आआफ्नै महत्व रहेको छ ।

गोधूलीको शाब्दिक अर्थ हो, गाईको खुट्टा (खुर)बाट निस्कने धुलो । अर्थात गोधूली भनेको त्यो समय हो जो गाइसहितका अन्य पशु चरेर घर फर्कने बेला । यो सूर्यास्त हुनुभन्दा अघिको समय हो ।

गोधूली समयमा चराचुरुङ्गीको झुण्ड, पशुको सुमह आफ्नो गुड र गोठमा फर्कने गर्दछन् । यो समयमा आकाशमा सूर्यको किरणको रंग हल्का पहेलो हुने गर्दछ । औसत रुपमा गोधूली साँझको ६ बजेपछि हुने गर्दछ ।

सूर्यास्त हुनुभन्दा जसै गोधूली बेला हुन्छ यसलाई दिन र रातको संगम वा मिलनको बेला पनि भनिन्छ । तसर्थ धार्मीक रुपमा यो समय पूजापाठकालागी श्रेष्ठ समय मानिएको छ । अक्सर घरमा यहि बेलामा साँझको दियो, संध्याकालको पूजा गरिन्छ ।

पूजापाठका साथै मांगलिक कार्यमा समेत गोधूलीलाई मंगल बेला भनिन्छ । विवाहका वाञ्छित मुहूर्तमा यदि कुनै शुद्ध लगन नभए यहि बेलामा यसलाई जुराइन्छ । गोधूलीलाई श्रेष्ठ बेला मानेर यस समयमा विवाह गर्ने केही स्थानमा रित पनि छ ।

गोधूली बेलामा के गर्ने ? के नगर्ने ?
– गोधूली बेलामा कसैलाई पनि धन वा उधारो दिनबाट बच्नु पर्ने मान्यता छ ।
– यो बेलामा लक्ष्मीको आगमन हुने मान्यता भएकाले धन बाहिर पठाउन नहुने रित छ ।
– यो बेला पूजापाठ आदि कर्मकालागी श्रेष्ठ मानिएकाले पुजा गर्नु उत्तम मानिन्छ ।
– गोधूली बेलामा कोहि दूध वा दही माग्न आए समेत यो चिज दिन नहुने मान्यता छ ।
– यो बेलामा पूजा पश्चात तुलसीको मठमा दियो बाल्नु पर्दछ ।
– तुलसीको मठमा दियो बालेपछि भूलेर पनि यसको पात टिप्नु वा छुनु हुदैन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ३९ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन