के हो गोधूली ? थाहा पाउनुहोस् महत्व « Khabarhub

के हो गोधूली ? थाहा पाउनुहोस् महत्व


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म शास्त्रमा दिनको अलग–अलग समयका आआफ्नै महत्व बताइएको छ । चाहे सूर्योदय पहिलेको ब्रह्ममुहूर्त होस् वा चाहे सूर्यास्तअघिको गोधूली बेला यसको आआफ्नै महत्व रहेको छ ।

गोधूलीको शाब्दिक अर्थ हो, गाईको खुट्टा (खुर)बाट निस्कने धुलो । अर्थात गोधूली भनेको त्यो समय हो जो गाइसहितका अन्य पशु चरेर घर फर्कने बेला । यो सूर्यास्त हुनुभन्दा अघिको समय हो ।

गोधूली समयमा चराचुरुङ्गीको झुण्ड, पशुको सुमह आफ्नो गुड र गोठमा फर्कने गर्दछन् । यो समयमा आकाशमा सूर्यको किरणको रंग हल्का पहेलो हुने गर्दछ । औसत रुपमा गोधूली साँझको ६ बजेपछि हुने गर्दछ ।

सूर्यास्त हुनुभन्दा जसै गोधूली बेला हुन्छ यसलाई दिन र रातको संगम वा मिलनको बेला पनि भनिन्छ । तसर्थ धार्मीक रुपमा यो समय पूजापाठकालागी श्रेष्ठ समय मानिएको छ । अक्सर घरमा यहि बेलामा साँझको दियो, संध्याकालको पूजा गरिन्छ ।

पूजापाठका साथै मांगलिक कार्यमा समेत गोधूलीलाई मंगल बेला भनिन्छ । विवाहका वाञ्छित मुहूर्तमा यदि कुनै शुद्ध लगन नभए यहि बेलामा यसलाई जुराइन्छ । गोधूलीलाई श्रेष्ठ बेला मानेर यस समयमा विवाह गर्ने केही स्थानमा रित पनि छ ।

गोधूली बेलामा के गर्ने ? के नगर्ने ?
– गोधूली बेलामा कसैलाई पनि धन वा उधारो दिनबाट बच्नु पर्ने मान्यता छ ।
– यो बेलामा लक्ष्मीको आगमन हुने मान्यता भएकाले धन बाहिर पठाउन नहुने रित छ ।
– यो बेला पूजापाठ आदि कर्मकालागी श्रेष्ठ मानिएकाले पुजा गर्नु उत्तम मानिन्छ ।
– गोधूली बेलामा कोहि दूध वा दही माग्न आए समेत यो चिज दिन नहुने मान्यता छ ।
– यो बेलामा पूजा पश्चात तुलसीको मठमा दियो बाल्नु पर्दछ ।
– तुलसीको मठमा दियो बालेपछि भूलेर पनि यसको पात टिप्नु वा छुनु हुदैन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ३९ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६