जग्गा विवादमा बालकको हत्या, तीन जना पक्राउ | Khabarhub Khabarhub

जग्गा विवादमा बालकको हत्या, तीन जना पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– बारामा पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण १४ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोलका १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारीलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेको अनुसन्धानबाट खुलेको छ ।

घरबाट बेपत्ता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो । १७ दिनपछि फेला परेको बालकको शव सडिसकेको अवस्थामा थियो ।

शव फेला परपछि प्रहरीले कुकुरको सहयोगमा हत्याको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा पक्राउ परेका तीनै जनाले हत्या गरेको भनेर स्वीकार समेत गरेको  प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

पक्राउ परेका तीनै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुले आपसी रिसइवी, झगडा एवं आर्थिक लाभका कारण हत्या गरेको डीएसपी मिश्रको भनाइ छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ०४ बजे

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको