क्युआर कोडमार्फत भुक्तानी गर्नेको संख्या वृद्धि, माघमा १ अर्ब ७१ करोड बढीको कारोबार « Khabarhub

क्युआर कोडमार्फत भुक्तानी गर्नेको संख्या वृद्धि, माघमा १ अर्ब ७१ करोड बढीको कारोबार


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोबार भएकामा माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो ।

गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोबार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोबार भएको छ ।

कनेक्ट आइपिएसमार्फत एक खर्ब चार खर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको छ ।

उक्त प्रविधिको प्रयोग गरी पुसमा रु एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएको थियो । बैंकको तथ्याङ्कअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोबा भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ ।

माघमा मोबाइल बैंकिङमार्फत रु ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुसमा रु ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोबार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत रु नौ अर्ब २२ करोड ७० लाख बढीको कारोबार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोबार भएको छ । वालेटमार्फत पुसमा रु नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोबार भएकामा उक्त रकममा वृद्धि भई माघमा रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको छ । एक महीनामा एक करोड ५१ लाख छ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट रु ८४ करोड ३० लाख बराबरको कारोबार भएकामा माघमा उक्त रकममा वृद्धि भई रु ९३ करोड २० लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ३७ बजे

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल