भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय वार्ता सम्पन्न « Khabarhub

भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय वार्ता सम्पन्न


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय भर्चुअलरुपमा भएको वार्ता सम्पन्न भएको छ ।

भारत र बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना र बंगलादेश स्वतन्त्र युद्धको ५० वर्ष पूरा भएको अवसरमा दुई देशबीच गृहसचिवस्तरीय वार्ता भएको हो।

भारतको तर्फबाट गृह सचिव अजय कुमार भल्लाले प्रतिनीधिमण्डलको नेतृत्व गरेका थिए भने बंगलादेशबाट सार्वजनिक सुरक्षा विभाग र गृह मन्त्रालयका वरिष्ठ सचिव मोस्तफा कमाल उद्दिनले नेतृत्व गरेका थिए।

वार्तामा दुबै देशका प्रतिनीधिमण्डलले द्धिपक्षीय सम्बन्धबारे महत्वपूर्ण विषयलाई जोड दिएका थिए। दुई देशका सचिवहरुले पारस्परिक सुरक्षा र सीमा मुद्दाहरुमा सहकार्य थप वृहत बनाउने छलफल गरेका छन्।

एक अर्काको भूमीमा असर पर्ने कुनै प्रकारको गतिविधि नगर्ने सहमति गरेका छन्। यसअघि दुई देशका प्रधानमन्त्रीबीच इण्डो बंगलादेश सीमामा पर्खाल लगाउन भएको सहमति समयमा सम्पन्न गर्नेबारे पनि वार्तामा छलफल भएको छ ।

आतंकवादविरुद्ध आपसी सहकार्यप्रति दुबै पक्षले प्रशंसा गरे। त्यस्तै, नक्कली भारतीय नोट तस्करीविरुद्ध आपसी सहकार्य थप बलियो बनाउनेबारे सहमति भएको छ ।

सुरक्षा क्षेत्रमा भारतको सहयोगलाई बंगलादेशले प्रशंसा गरेको छ । वार्तामा विशेषगरी दुई देशबीच सुरक्षा, सीमाक्षेत्र, पास्पारिक चासोको विषयलाई जोड दिइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ०१ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको