भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय वार्ता सम्पन्न « Khabarhub

भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय वार्ता सम्पन्न


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय भर्चुअलरुपमा भएको वार्ता सम्पन्न भएको छ ।

भारत र बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना र बंगलादेश स्वतन्त्र युद्धको ५० वर्ष पूरा भएको अवसरमा दुई देशबीच गृहसचिवस्तरीय वार्ता भएको हो।

भारतको तर्फबाट गृह सचिव अजय कुमार भल्लाले प्रतिनीधिमण्डलको नेतृत्व गरेका थिए भने बंगलादेशबाट सार्वजनिक सुरक्षा विभाग र गृह मन्त्रालयका वरिष्ठ सचिव मोस्तफा कमाल उद्दिनले नेतृत्व गरेका थिए।

वार्तामा दुबै देशका प्रतिनीधिमण्डलले द्धिपक्षीय सम्बन्धबारे महत्वपूर्ण विषयलाई जोड दिएका थिए। दुई देशका सचिवहरुले पारस्परिक सुरक्षा र सीमा मुद्दाहरुमा सहकार्य थप वृहत बनाउने छलफल गरेका छन्।

एक अर्काको भूमीमा असर पर्ने कुनै प्रकारको गतिविधि नगर्ने सहमति गरेका छन्। यसअघि दुई देशका प्रधानमन्त्रीबीच इण्डो बंगलादेश सीमामा पर्खाल लगाउन भएको सहमति समयमा सम्पन्न गर्नेबारे पनि वार्तामा छलफल भएको छ ।

आतंकवादविरुद्ध आपसी सहकार्यप्रति दुबै पक्षले प्रशंसा गरे। त्यस्तै, नक्कली भारतीय नोट तस्करीविरुद्ध आपसी सहकार्य थप बलियो बनाउनेबारे सहमति भएको छ ।

सुरक्षा क्षेत्रमा भारतको सहयोगलाई बंगलादेशले प्रशंसा गरेको छ । वार्तामा विशेषगरी दुई देशबीच सुरक्षा, सीमाक्षेत्र, पास्पारिक चासोको विषयलाई जोड दिइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ०१ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल