‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मुले पोखिन् आक्रोश « Khabarhub

‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मुले पोखिन् आक्रोश


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइत वा ससुराली जानु कुनै नयाँ कुरा होइन । तर कुन साधनको प्रयोग गरेर दुलही फर्काउन दुलाहा ससुराली जान्छन् भन्ने महत्वपूर्ण कुरा हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हालैमात्र पत्नी जाङ्मु इन शेर्पासँग ससुराली घर जादा सामाजिक सञ्जालमा आलोचनाको पात्र बने । उनले हेलिकप्टरमार्फत श्रीमति र परिवारलाई ससुराली लगेका थिए ।

शेरधन पत्नी जाङ्मु आफैंले माइती गाउँ गएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । तस्वीर सार्वजनिक भएपछि केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोपसमेत लगाएका थिए ।

त्यो आरोपको प्रतिउत्तर दिँदै मुख्यमन्त्री पत्नी जाङ्मुले फेसबुकमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेकी छन् ।

‘यो त अति नै भो ! झुटको खेतीमा रमाउने, सत्यको खोजी नगर्ने, अनि हावामा सबै दौडने ! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो। मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो। तर अरुले भने जस्तो चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेर होइन। मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईको टाउको दुखाई किन?’ उनले लेखेकी छन् ।

केही महिना अघि मात्र मोडल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम विवाह भएको थियो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : २० बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६