‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मुले पोखिन् आक्रोश « Khabarhub

‘हेलिकोप्टर काण्ड’मा मुख्यमन्त्री राईकी पत्नी जाङ्मुले पोखिन् आक्रोश


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइत वा ससुराली जानु कुनै नयाँ कुरा होइन । तर कुन साधनको प्रयोग गरेर दुलही फर्काउन दुलाहा ससुराली जान्छन् भन्ने महत्वपूर्ण कुरा हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हालैमात्र पत्नी जाङ्मु इन शेर्पासँग ससुराली घर जादा सामाजिक सञ्जालमा आलोचनाको पात्र बने । उनले हेलिकप्टरमार्फत श्रीमति र परिवारलाई ससुराली लगेका थिए ।

शेरधन पत्नी जाङ्मु आफैंले माइती गाउँ गएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । तस्वीर सार्वजनिक भएपछि केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोपसमेत लगाएका थिए ।

त्यो आरोपको प्रतिउत्तर दिँदै मुख्यमन्त्री पत्नी जाङ्मुले फेसबुकमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेकी छन् ।

‘यो त अति नै भो ! झुटको खेतीमा रमाउने, सत्यको खोजी नगर्ने, अनि हावामा सबै दौडने ! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो। मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो। तर अरुले भने जस्तो चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेर होइन। मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईको टाउको दुखाई किन?’ उनले लेखेकी छन् ।

केही महिना अघि मात्र मोडल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम विवाह भएको थियो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : २० बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–