एसियाकै सबैभन्दा धनी व्यक्ति बने भारतीय अर्बपति अम्बानी « Khabarhub

एसियाकै सबैभन्दा धनी व्यक्ति बने भारतीय अर्बपति अम्बानी


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

सम्पतिको मूल मुल्य ८० अर्ब अमेरिकी डलर बराबरसहित मुकेश अमबानी एसियाका सबैभन्दा धनी व्यक्ति घोषित भएका हुन् ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको पछिल्लो सूचीमा अम्बानी सुचिकृत भएका हुन् । गत २ वर्ष यता बहुराष्ट्रिय प्राविधिक कम्पनी अलिबाबाका मालिक ज्याक मालाई समेत पछि पार्दै अम्बानी एसियाकै धनी व्यापारीमा सुचीकृत हुँदै आएका छन् ।

दोस्रो स्थानमा परेका चिनियाँ अर्बपति व्यापारी झोङ सानसानको ७६ दशमलब ६ अर्ब अमेरिकी डलर बराबरको सम्पति मूल्य छ।

झोङको पानीको बोतल कम्पनीले यो साता २० प्रतिशत मात्र रेकर्ड राखेको थियो । गत साता भन्दा २२ अर्ब डलर कम सम्पति मूल्यमा झरेर उनी ७६ दशमलब ६ अर्ब अमेरिकी डलरमा कायम भएका हुन् ।

मुकेश अम्बानीले उर्जा बाहेक प्रविधि र ई वाणिज्य क्षेत्रमा लगानी बढाइरहेका छन् । त्यस्तै, अमेरिकी टेस्ला मोटरका मालिक तथा उद्योगति इलेन मस्क विश्वकै धनाड्य व्यक्तिमा सूचिकृत भएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : १५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल