एसियाकै सबैभन्दा धनी व्यक्ति बने भारतीय अर्बपति अम्बानी « Khabarhub

एसियाकै सबैभन्दा धनी व्यक्ति बने भारतीय अर्बपति अम्बानी


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

सम्पतिको मूल मुल्य ८० अर्ब अमेरिकी डलर बराबरसहित मुकेश अमबानी एसियाका सबैभन्दा धनी व्यक्ति घोषित भएका हुन् ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको पछिल्लो सूचीमा अम्बानी सुचिकृत भएका हुन् । गत २ वर्ष यता बहुराष्ट्रिय प्राविधिक कम्पनी अलिबाबाका मालिक ज्याक मालाई समेत पछि पार्दै अम्बानी एसियाकै धनी व्यापारीमा सुचीकृत हुँदै आएका छन् ।

दोस्रो स्थानमा परेका चिनियाँ अर्बपति व्यापारी झोङ सानसानको ७६ दशमलब ६ अर्ब अमेरिकी डलर बराबरको सम्पति मूल्य छ।

झोङको पानीको बोतल कम्पनीले यो साता २० प्रतिशत मात्र रेकर्ड राखेको थियो । गत साता भन्दा २२ अर्ब डलर कम सम्पति मूल्यमा झरेर उनी ७६ दशमलब ६ अर्ब अमेरिकी डलरमा कायम भएका हुन् ।

मुकेश अम्बानीले उर्जा बाहेक प्रविधि र ई वाणिज्य क्षेत्रमा लगानी बढाइरहेका छन् । त्यस्तै, अमेरिकी टेस्ला मोटरका मालिक तथा उद्योगति इलेन मस्क विश्वकै धनाड्य व्यक्तिमा सूचिकृत भएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : १५ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड